नियम ३६
वनको व्यवस्थापन सुम्पन सकिने
(१) संरक्षण क्षेत्रभित्रको कुनै वन क्षेत्रलाई व्यवस्थापन योजनाअनुसार वन पैदावारको दीगो व्यवस्थापन र सदुपयोग गर्नका लागि संरक्षण सामुदायिक वनको रूपमा संरक्षण तथा व्यवस्थापन गर्न चाहने संरक्षण वन उपभोक्ता समूहले सो वन क्षेत्र आफुले संरक्षण सामुदायिक वनको रूपमा व्यवस्थापन गर्न चाहेको व्यहोरा खुलाइ अनुसूची–७ बमोजमको ढाँचामा कार्ययोजना र समितिको सिफारिससहित परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन पर्न आएमा परिषद्ले सो सम्बन्धमा आवश्यक जाँचवुझ गर्नेछ । जाँचवुझबाट निवेदनमा उल्लिखित वन क्षेत्र पूरै वा आंशिक रूपमा सुम्पन मनासिव देखिएमा त्यस्तो संरक्षण सामुदायिक वन सम्बन्धित समूहलाई सुम्पन सक्नेछ । त्यसरी संरक्षण सामुदायिक वन सुम्पदा अनुसूची–८ बमोजिमको प्रमाणपत्रसमेत प्रदान गर्नु पर्नेछ ।(३) एउटै वन क्षेत्र दुई वा दुईभन्दा वढी समितिले संरक्षण सामुदायिक वनको रूपमा माग गरेमा परिषद्ले सम्बन्धित समितिस“ग समन्वय गरी सहमतिको आधारमा सो वन क्षेत्र उपयुक्त समितिलाई सुम्पन सक्नेछ ।